बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी
बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए ।


कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ ।



जित्न नसक्ने ठाउँमा दाबी गर्दा एमालेलाई फाइदा हुने कुरामा गठबन्धनका नेताहरु सजक पनि देखिएको उनले बताए । कांग्रेसले २० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा कम्तिमा १५ सिट लिने रणनीति बनाएको छ । एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने कांग्रेसको तयारी छ ।

 


कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । तर ०७४ मा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो ।

बाँकी १६ सिट माओवादी केन्द्रको सहयोगमा तत्कालीन नेकपा एमालेले जितेको थियो । प्रदेशसभा सदस्यमा ३ सिट लिएको माओवादीले निल भएको थियो भने १७ सिटमा उम्मेदवारी दिएको एमालेले एउटा सिट मात्र गुमाएको थियो । जसमा काठमाडौं कुसुम कार्की, बसन्त मानन्धर र रमा आलेमगर एकीकृत अहिले एकीकृत समाजवादीमा छन् । एमालेको १३ सिटमा गठबन्धनभित्र भागबण्डाको रस्साकस्सी चलिरहेको छ ।  आज साँझसम्म प्रदेशको पनि भागण्डा टुंग्याउने गठबन्धनको तयारी छ ।

यता गठबन्धनमा भएको सहमति अनुसार बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ ३३ सिटमा कांग्रेसले १९ पाउने छ । बाँकी  १४ सिटमा माओवादीले ९, एकीकृत समाजवादीले ४ र जसपाले १ सिट पाउने गरी सहमति भएको छ ।

साताकाे चर्चित
सम्बन्धित