सामाजिक कार्यमा कृयाशिल बाराका बिनोद यादव,बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह
सामाजिक कार्यमा कृयाशिल बाराका बिनोद यादव,बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

मलेसिया, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसङ्गै सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन । मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन ।

उनले युएईमा शिभांश ह्युमन रिसोर्ससेज एफजेडसि एल एल सि,नेपालमा एलाईन्स ग्रुप अफ कम्पनीज,मलेसियामा सनरेड एडभान्स मेनेजमेन्ट सर्भिसेज एसडिएन बिएचडिमार्फत आफ्नो ब्यावसाय सन्चालन गर्दै आएका छन । यादवले आफ्नो ब्यावसाय मात्रै नगरेर मलेसिया, दुबई र बंगलादेशमा रहेका नेपालीहरूलाई सहयोग गर्दै दु:खको सारथि बन्ने पनि गरेका छन ।

हाल उनी बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धार अभियानमा लागेको बताऊछन । यादवले आफू पनि साधारण परिवारमा जन्मिएको र दुखमा हुर्किएको ब्यक्ति भएकाले आफूसँग बढी पैसा भएर नभई उनिहरुको दुखमा साथ दिएको बताउछन । नेपालभन्दा बढी विदेशमा नै रहने यादवले युएई,मलेसिया,बंगलादेशमा समस्यामा परेका २६ नेपालीलाई यो भन्दा पहिले हवाई टिकट उपलव्ध गराई सकेका छन । उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको निस्वार्थ उद्वार गरेकोमा धेरै सामाजिक संघ,सँस्थाहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका छन ।

यादवको सामाजिक कार्यको प्रसंशा स्वदेश तथा विदेशमा उत्तिकै हुने गरेको छ । बाराका एउटा किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन । कुराकानीका क्रममा यादवले आउदै गरेको नेपालीहरुको महान पर्व दशै,तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्दै आफुले एक नेपालीको कर्तव्य मात्र पूरा गरेको बताए ।

व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट बैदेशिक रोजगारीमा आएका युवाबर्गको समस्या समाधान गर्दा आफुलाई आत्मसन्तुस्टी मिल्ने यादव बताउछन । उनले आफ्नो ब्यावसायिक यात्रासङ्गै सामाजिक कार्यलाई बढावा दिदै जाने बताए ।यादव मलेसिया,युएईलगाएतका देशमा बैदेशिक रोजगारीमा आएर समस्यामा परि नेपाल फर्कन नसकेका नेपालीहरु भए आफ्नो सम्पर्कमा आउन अनुरोध गर्छन ।

उनी आफ्नो गाँस नै कटाएर भएपनि समस्यामा परेका नेपालीलाई सहयोग गर्न पछि नपर्ने जिकिर समेत गर्छन । केही वर्ष पहिले यादव पनि पत्रकारिता क्षेत्रमा नै आवद्ध ब्यक्ति हुन ।

 

साताकाे चर्चित
सम्बन्धित