काठमाडौं,
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मनकामना उच्च माविका सस्थापक एवं शिक्षासेवी देवकोटा ४२ वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन । आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको देवकोटाको भनाइ छ ।
काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताउँछन् । ‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।
भिडियो लिङ