कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल भन्छन् : टिकट वितरणमा देउवाको विवेक परीक्षण भयो
कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल भन्छन् : टिकट वितरणमा देउवाको विवेक परीक्षण भयो

आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालको प्रतिक्रिया छ ।

    • बेल संचार

    • २३ आश्विन २०७९, आईतवार

काठमाडौं

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले टिकट वितरणमा पार्टी सभापति शेरबहादुर देउवाको विवेकको परीक्षण भएको बताएका छन् ।

२०७४ मा मोरङ २ बाट निर्वाचित सांसद रिजाल यो पटक पनि उम्मेदवार बन्ने दौडमा थिए । तर सभापति देउवाले सुजाता कोइरालालाई टिकट दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका रिजालले भने आफूलाई टिकट नदिएको औपचारिक जानकारी पार्टीले नदिएको, तर सुजाताले टिकट पाएको सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।

उनले अनलाइनखबरसँग भनेका छन्, ‘सुजाताप्रति मेरो कुनै गुनासो छैन । उहाँ मेरो साथी नै हो, उहाँको भलो होस् भन्ने नै चाहन्छु ।’

तर आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालको प्रतिक्रिया छ ।

‘मैले के भन्ने ? उहाँबाट यस्ता काम हुनसक्छ भनेर देउवा होइन, अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ’, उनले भने,

‘मैले टिकट पाउने/नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।

अब स्वतन्त्र उम्मेदवारी दिने हो ? भन्ने प्रश्नमा कांग्रेस नेता रिजालले भने, ‘२०२५ सालमा बीपी कोइराला जेलबाट छुट्दा विमानस्थलमा स्वागत गरेदेखि कांग्रेसमा ५४ वर्ष भयो ।

कांग्रेसको माथिल्लो नेतृत्व बिग्रिए पनि आम कार्यकर्ताप्रति विश्वास छ, यो पार्टीलाई अझै बनाउन सकिन्छ भन्ने विश्वास छ ।’

साताकाे चर्चित
सम्बन्धित