चार दिनदेखि सञ्चार सेवा अवरुद्ध   
चार दिनदेखि सञ्चार सेवा अवरुद्ध   

सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

जाजरकोट,
अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।

जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । विद्युत् नहुँदा जिल्लाका रेडियोहरुसमेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ । ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ । विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्नेे दिनभकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ ।

साताकाे चर्चित
सम्बन्धित