सुर्खेत
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ ।
प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।
प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ ।
जाजरकोटमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ ।
०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् ।
२०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम भने यसपटक प्रदेश सभामा झरेका हुन् ।