राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन्।
आज झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्।
अध्यक्ष लिङ्देनले आज बिहान ११:३० बजे उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार हुने बताइएको छ।
नेकपा एमालेले भने लिङ्देनलाई समर्थन गर्ने जनाएको छ।