कोरोनाको उपचार गरिरहेकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार
कोरोनाको उपचार गरिरहेकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारउन्मुख रहेको

    • Bell Sanchar

    • २४ आश्विन २०७९, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारउन्मुख रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।

‘स्थिति अहिले सामान्य नै छ। खानामा रूची छ। माइल्ड किसिमको कोभिड देखियो। चिकित्सकको परामर्श अनुसार एक दुई दिन अस्पतालमै रहन सक्नुहुन्छ,’ अधिकारीले  भने।

साताकाे चर्चित
सम्बन्धित