जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव   
जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव   

सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गर्नुभएको हो ।    

    • बेल संचार

    • २६ आश्विन २०७९, बुधबार

जुम्ला,
विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ ।

आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गर्नुभएको हो ।

सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो । त्यस्तै, हिमा गाउँपालिकाका अध्यक्ष शाहीले मोफ्ला र पातरखोला बस्तीलाई जतिसक्दो छिटो सार्नुपर्ने अवस्था आएकोले जिल्ला विपद् व्यवस्थापन समितिले यसको पहलकदमी लिन अनुरोध गर्नुभयो ।
त्यस्तै, तिला गाउँपालिकाको घोडेसिन गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्तीलाई समयमै स्थानान्तरण नगरे धनजनको क्षति हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । कनकासुन्दरी गाउँपालिकाका बारकोटे गाउँलगायतका केही बस्ती उच्च जोखिममा रहेको सरोकारवालाले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद्बाट प्रभावित यहाँका करिब तीन सय घरपरिवारलाई राहत दिने तयारी गरेको छ । सो क्षेत्रमा ८५ घर पूर्ण क्षतिग्रस्त र दुई सय घरमा आंशिक क्षति पुगेको जनाइएको छ । क्षतिको एकीन विवरण भने पालिकामार्फत लिइने जनाइएको छ

साताकाे चर्चित
सम्बन्धित