सुनको मूल्य एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो , कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो , कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    • बेल संचार

    • ३० आश्विन २०७९, आईतवार

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। शुक्रबार सुन तोलामा एक सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित