आचारसंहिता उल्लंघनका विषयमा मिडिया वाचडग हुनुपर्छ : आयुक्त डा.तुलाधर
आचारसंहिता उल्लंघनका विषयमा मिडिया वाचडग हुनुपर्छ : आयुक्त डा.तुलाधर

संवैधानिक काम, कर्तव्य र दायित्व पूरा गर्न आयोग सक्षम रहेको बताउँदै उहाँले मिडियासँगको सहकार्य र समन्वयलाई आयोगले उच्च महत्व दिएको बताउनुभयो ।

    • बेल संचार

    • ३ कार्तिक २०७९, बिहीबार

निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधारले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवं मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अंग पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै आयुक्त डा. तुलाधरले आयोगले मिडियासँग ‘हामी सधैँ सँगै’ भन्ने मूल मन्त्रका साथ सहकार्य गरिरहेको बताउनुभयो ।
संवैधानिक काम, कर्तव्य र दायित्व पूरा गर्न आयोग सक्षम रहेको बताउँदै उहाँले मिडियासँगको सहकार्य र समन्वयलाई आयोगले उच्च महत्व दिएको बताउनुभयो । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचन गराउन मिडिया र सञ्चारकर्मीको सक्रिय र रचनात्मक भूमिका अपरिहार्य रहेको आयुक्त तुलाधारले बताउनुभयो ।

आयोगको नीति र रणनीतिअनुसार नै मिडिया अभिमुखीकरण आयोजना गरिएको बताउँदै उहाँले निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्का समयमा हुने गतिविधिमा मिडियाको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
निर्वाचन आचारसंहिता पूर्ण पालना सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले आचारसंहिता उल्लंघन गर्नेहरूको रिर्पोटिङ गरी आयोगलाई सूचना दिएर मिडियाले सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
राजनीतिक दल तथा उम्मेदवारले गर्ने निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन गरे/नगरेको विषयमा वाचडगको भूमिका मिडियाले निर्वाह गर्न सकेमा निर्वाचनको स्वच्छता कायम राख्न सकिने आयुक्त डा. तुलाधरले बताउनुभयो ।

निर्वाचनका क्रममा प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न मिडिया र सञ्चारकर्मीहरू अगुवा गर्नुपर्नेमा आयुक्त डा. तुलाधरले जोड दिनुभयो । सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियमन गर्न आयोगले विभिन्न टेक कम्पनीहरूसँग सहकार्य गरिरहेको जानकारी पनि उहाँले सो अवसरमा दिनुभयो ।

मतदानस्थल, मतदातालाई पहुँचयोग्य बनाउन मिडियाहरूले दिएको सुझावलाई मनन् गरेर आयोगले सुधार गरेको बताउँदै उहाँले कुनै पनि मतदाता आफ्नो मताधिकारबाट वञ्चित नहोउन् भनेर आयोग सजग रहेको बताउँदै उहाँले मतदानको महत्व र मतदान गर्ने सही तरिकाबारे मिडियाले सामग्री सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

मतदाता शिक्षालाई मतदाताको घरदैलोमा पु¥याउने गरी आयोगले संयन्त्र निर्माण गरेको उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन मिडिया तथा सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयुक्त डा. तुलाधरले अभिमुखीकरण कार्यक्रमबाट सञ्चारकर्मीलाई निर्वाचनका विविध पक्षबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित