दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक
दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक

मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ ।

    • बेल संचार

    • १३ कार्तिक २०७९, आईतवार

काठमाडौं

दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ ।

तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।

हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

यो घटनापछि अमेरिकी राष्ट्रपति जो बिडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लगायत विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित