प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले दियो शर्तसहित अनुमति
प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले दियो शर्तसहित अनुमति

आयोग स्रोतका अनुसार सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउनेछन् ।

    • बेल संचार

    • १६ कार्तिक २०७९, बुधबार

काठमाडौं

निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । आयोग स्रोतका अनुसार सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउनेछन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोग स्रोतको भनाइ छ ।

आयोगका एक अधिकारीले भने, ‘सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जाने गरी अनुमति माग भएको छ, आयोगले मौखिक रुपमा अनुमति दिइसकेको छ, पत्र पठाउने प्रक्रिया बाँकी छ ।’

साताकाे चर्चित
सम्बन्धित