हुम्ला
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई जहाजको टिकट नपाएर हरिबिजोग भएको छ। निजी कम्पनी सिता, तारा, समिट एयरले नियमित उडान नभरेपछि स्थानीय नागरिकलाई नेपालगञ्ज सुर्खेत झर्न हरिबिजोग भएको हो ।
कर्णाली मुख्यमन्त्री, जिवनबहादुरा शाहीलाई चुनावका लागि गृह जिल्ला समिट एयरको जहाज जतासुकै भएपनि भनेकै ठाउँ पुग्छ । नेकपा एमालेका छक्कबहादुर लामा ,दल रावल सिता एयर जतासुकै भए पनि भन्ने बितिकै उडान भर्छन् । निजी एयरलाइन्स कम्पनीका जहाज नेताका आडमा तयारी अवस्था हुने भए पनि हुम्लीको पीडाबारे नेताहरुलाई चासो र चिन्ता छैन ।
शुत्रबार बिहान सिमकोट विमानस्थल बाहिर नेपालगञ्ज सुर्खेत काठमाडौ लगायतका सहर झर्न विद्यार्थीदेखि बिरामी ठूलै भिड देखियो । निजी कम्पनीका एयलाइन्सहरुले भित्रभित्रबाटै जहाज टिकट बाँडफाड गरेपछि स्थानीय नागरिकहरुले नाराबाजी सुरु गरे । मंसिर ४ गतेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको चुनावी प्रचार प्रसार नेताहरु उही पुरानै प्रतिवद्धतासहित गाउँघर पुगेका छन् ।
राष्ट्रिय सडक सञ्जाल हुम्ला जोड्नेदेखि हिल्सा सिमकोट टु ल्याण्ड सम्म प्रतिबद्धता छन् भने केही नेताहरुले पाँच विकास,बाटो,विचार,वन जडीबुटी, बजारीकरण प्रतिबद्धता गदैँ गाउँघरमा चुनावी प्रचारमा निस्केका छन् । दशै तिहार मनाएर शहर झर्न सयौ विद्यार्थीहरु सिमकोट विमानस्थलमै एकसातादेखि अलपत्र छन् ।