सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

    • बेल संचार

    • १८ कार्तिक २०७९, शुक्रबार

काठमाडौं

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने  पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित