जुम्ला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको अबको प्राथमिकता कर्णालीको विकास रहने बनाएका छन् ।
जुम्लामा भएको चुनावी सभामा उनले गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।
कर्णालीको बाटो कालोपत्र मात्रै होइन फराकिलो बनाउन आवश्यक भएको उनले बताए ।
प्रचण्डले सिंजा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिंजा सम्वन्धी विशेष प्रतिष्ठान बनाएर काम गर्ने बताए ।
भने, ‘सिंजा सभ्यताको विकास र संरक्षणका लागि जुम्ला मात्रै होइन नेपालका लागि संरक्षण गर्न आवश्यक छ ।
’प्रचण्डले राप्रपाबाट जुम्लामा प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको बताए । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन्’, प्रचण्डले भने, ‘यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’