काठमाडौँ,
काठमाडौँको क्षेत्र नं ६ मा भरत शर्मा विडारी काँग्रेसका लागि चुनौती बनेका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (ख)बाट उम्मेदवारी दिएका बिडारी काँग्रेसका लागि चुनौती बनेका हुन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीसमेत रहेका रहेका बिडारीले काँग्रेसको मत तान्न सक्ने बुझिएको छ । उनले प्रदेशसभामा जेब्रा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रेका छन् । काठमाडौँको उत्तरी क्षेत्र टोखा र तारकेश्वरमा राम्रो प्रभाव राख्ने बिडारीले पार्टीभित्रको दलीय तानाशाह र सम्पूर्ण गरिब, दिनदुखी, अल्पसंख्यक, अपांगको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताए ।
उक्त प्रदेशमा काँग्रेसका विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।