सार्वजनिक परिणामले देखाएन रिपब्लिकनको पक्षमा अपेक्षित लहर ,अमेरिकी मध्यकालीन निर्वाचन
सार्वजनिक परिणामले देखाएन रिपब्लिकनको पक्षमा अपेक्षित लहर ,अमेरिकी मध्यकालीन निर्वाचन

तल्लो सदनमा ४ सय ३५ सिटका भएको निर्वाचनमा डेमोक्र्याटले १ सय ६८ र रिपब्लिकनले १ सय ९२ सिट जितेका छन्।

    • बेल संचार

    • २३ कार्तिक २०७९, बुधबार

एजेन्सी

अमेरिकाको मध्यकालीन निर्वाचनमा रिपब्लिकनको पक्षमा अपेक्षित लहर नआएको न्युयोर्क टाइम्सले जनाएको छ।

प्रारम्भिक सर्वेक्षणहरूले डेमोक्र्याटले हार्ने र रिपब्लिकनले संसदमा बलियो पकड जमाउने दाबी गरेपनि सार्वजनिक परिणामहरूले त्यस्तो स्थिति देखाएको छैन।

माथिल्लो सदन सिनेटमा बहुमत पुर्‍याउनका निम्ति रिपब्लिकनले डेमोक्र्याटबाट २ सिट खोस्नुपर्ने हुन्छ।

डेमोक्र्याटले रिपब्लिकनबाट पेन्सिलभेनियाको सिट खोसेकाले यस्तो स्थिति आएको हो।  यता, तल्लो सदनमा बहुमतका लागि रिपब्लिकनले डेमोक्र्याटबाट २१ सिट आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ। तल्लो सदनमा भने रिपब्लिकनले बहुमत ल्याउने संभावना छ।

सार्वजनिक परिणाम अनुसार सय सिटमा प्रतिस्पर्धा भइरहेको सिनेटमा दुबै पार्टीले ४७ सिटमा जीत निकालेका छन्। तल्लो सदनमा ४ सय ३५ सिटका भएको निर्वाचनमा डेमोक्र्याटले १ सय ६८ र रिपब्लिकनले १ सय ९२ सिट जितेका छन्।

सन् २०२० को मध्यकालीन निर्वाचनमा तल्लो सदनमा डेमोक्र्याटले २ सय २० र रिपब्लिकनले २ सय १२ सिट जितेका थिए।त्यसबेला सदनको तीन सिट रिक्त थिए।

साताकाे चर्चित
सम्बन्धित