लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा
लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

लुकाकुले ह्यामस्ट्रिङको चोटले सिजनको सुरुमा दुई महिना मैदान बाहिर रहेका थिए।

    • बेल संचार

    • २५ कार्तिक २०७९, शुक्रबार

रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले आगामी मंसिर ४ गतेदेख सुरु हुने कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो। चोटका कारण मैदान बाहिर रहेका लुकाकुले खेल्न सक्ने देखेर प्रशिक्षक मार्टिनेजले राष्ट्रिय टोलीमा राखेका हुन्।

लुकाकुले ह्यामस्ट्रिङको चोटले सिजनको सुरुमा दुई महिना मैदान बाहिर रहेका थिए। त्यसपछि पूनरागमन गरे पनि उनले पुनः चोट बोकेका थिए।

यस्तै युरी टिलेमान्स, वाउट फेस, टिमोथी कास्टाग्ने, लिआन्ड्रो ट्रोसार्ड, लिन्डर डेन्डन्कर र अमाडो ओनानाले पनि बेल्जियमको टोलीमा स्थान बनाएका छन्। डिभोक ओरिगी र अल्बर्ट साम्बी लोकोंगाले विश्वकप गुमाउने भएका छन्।

बेल्जियमले आगामी मंसिर ७ गते क्यानडासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। मंसिर ११ गते मोरक्कोसँग र मंसिर १५ गते क्रोएसियासँग खेल्ने तालिका छ।

बेल्जियमको पूर्ण टोली

  • गोलकिपर – थिबाउट कोर्टुवा, सिमोन मिग्नोलेट र कोएन कास्टेल्स
  • डिफेन्डर – जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, वाउट फेस, आर्थर थिएट, जेनो डेबास्ट, थोमस म्युनियर र टिमोथी कास्टग्ने
  • मिडफिल्डर – केभिन डि ब्रुएना, युरी टिलेमान्स, अमाडो ओनाना, एक्सेल विट्सेल, हान्स भानाकेन, लिअन्डर डेन्डोन्कर, यान्निक कारास्को र थोरगन हाजार्ड
  • फरवार्ड – रोमेलु लुकाकु, इडेन हाजार्ड, चाल्स डि केटेलेर, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, मिसी बात्सुयाई र लोइस ओपेन्डा

साताकाे चर्चित
सम्बन्धित