फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)
फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक (भिडिओ)

‘यो फिल्म हलमा प्रदर्शन भएपछि हामी देशव्यापी रुपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरु गर्नेछौं,’ उनले भने।

    • Bell Sanchar

    • २७ कार्तिक २०७९, आईतवार

‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो।

कार्यक्रममा अभिनेता राजेश हमालको उपस्थितिमा निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। यो फिल्म आगामी मंसिर १५ मा प्रदर्शन हुनेछ।

प्रज्वल श्रेष्ठको स्वर रहेको गीतमा प्रज्वल श्रेष्ठ र नबिन बोगटीको शब्द तथा संगीत छ। गीतको भिडिओमा प्रभात पल ठकुरी फिचर्ड छन्।

कार्यक्रममा बोल्दै अभिनेता हमालले राज्यस्तरबाट सञ्चालन हुनुपर्ने अभियानसहित सोही विषयमा फिल्म निर्माण गरेकोमा निर्माण टिमलाई बधाई दिए।

निर्माता विनोद लामाले फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै प्रदर्शन गर्ने बताए।

‘यो फिल्म हलमा प्रदर्शन भएपछि हामी देशव्यापी रुपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरु गर्नेछौं,’ उनले भने।

मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघलगायतले सहकार्य गरिसकेका छन्।

एनएफआई क्रियशनको ब्यानरबाट बनेको फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन्।

नविन बोगटीले निर्देशन गरेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन्।

दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्।

 

साताकाे चर्चित
सम्बन्धित