घरदैलोमा रहेको गाडी तोडफोड ,रवि लामिछानेको
घरदैलोमा रहेको गाडी तोडफोड ,रवि लामिछानेको

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।

    • Bell Sanchar

    • २७ कार्तिक २०७९, आईतवार

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।

उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित