जुम्ला प्रदेश सभा ‘ख’ मा टेकराज पछाई किन ?
जुम्ला प्रदेश सभा ‘ख’ मा टेकराज पछाई किन ?
    • बिर बहादुर राना

    • २७ कार्तिक २०७९, आईतवार

काठमाडौँ ।  आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेसँगै चुनावमा को–को भिड्ने भन्ने पनि निश्चित भइसकेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा गरेर ५ हजार ६ सय ३६ उम्मेदवार छन् । यो निर्वाचनमा पुराना दल, नेतासँगै नयाँ दल नेतृत्वको प्रतिस्प्रधा हुँदैछ । यतिबेला नेताहरू चुनावी दौडधुपमा छन् । संविधानमा केही नयाँ प्रावधान थप भए पनि पुराना दल र पुरानै पात्रहरूको निरन्तरता नै हाम्रो वर्तमान यथार्थता हो। तर भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन परिणामले नागरिकमा व्यापक असन्तुष्टि, निराशा र विकल्पको खोजी भइरहेको देखाउँछ ।

अब प्रमुख दलहरू र नेता भन्दा पनि व्यति र उसको मुद्धा हेरेर नयाँ नेतृत्व चयन गर्ने लहर चलेको छ । त्यसैले पनि यो पटकको निर्वाचनलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । यस पटकको निर्वाचनमा होमिने नयाँ अनुहारको सङ्ख्या पनि उल्लेख्य छ ।

त्यसै मध्येको एक चर्चित नाम हो, ‘टेकराज पछाई’ । जुम्ला प्रदेश सभा ख मा नेकपा एमालेका तर्फबाट उनले उम्मेदवारी दिएका छन् । टेकराज एक दुर्गम गाँउमा जन्मिएर लामो समयदेखि समाजसेवामा लागेका एक युवा नेता हुन् । गाउँका आमजनताका समस्याहरु आफुले नजिकबाट नियालेका कारणपनि उम्मेद्वारी दिएको उनी बताउँछन् । ‘बिगतमा चुनाव जितेर गएका । नेताहरुको कार्यशैली र ब्यबहारप्रति आमजनसमुदायका अनगिन्ती प्रश्नहरु छन्’ उनले बेल संचारसँग कुरा गर्दै भने,‘ती प्रश्नहरुप्रति जवाफदेही हुनु र राजनीतिभित्र लागेका फोहोर सफा गर्नु आजको मुख्य कार्यभार हो। त्यो पुरा गर्न अबिचलित र शसक्त ढंगले कृयासिल हुने संकल्पसहितं जुम्ला ख प्रदेशमा मेरो उम्मेद्वारी हो ।

’ जुम्लाको कनकासुन्दरी गाउँपालिका ६ मा नै जन्मिएका उनी लामो समयदेखि राजनितीमा सक्रिय छन् । उनको राजनितीक यात्रा लामो छ । उनी २०५५ देखि २०५७ सम्म अमृत साइन्स क्याम्पस अस्कलका स्वबियु सदस्य भएर काम गरे । त्यसैगरी २०५७ देखि २०६० सम्म अमृत साइन्स क्याम्पस अस्कलका स्वबियुका सहसचिव भएर काम गरे भने २०६० देखि २०६५ सम्म २ कार्यकाल सोही कलेजमा स्वबियु सभापति भएर काम गरे ।

त्यसपछि काठमाडौँ क्याम्पस जिल्ला कमिटी अनेरास्वबियुका सदस्य एबम् कोषाध्यक्ष, बागमति अन्चल कमिटी अनेरास्वबियुका सदस्य तथा केन्द्रिय कमिटीका केन्द्रिय सदस्यसमेत रहेर काम गरिसकेका छन् । यस्तै २०६४ सालमा स्वबियु काउन्सिल नेपालको संयोजक, २०६५ सालमा त्रिभुवन विश्वविद्यालय सभाका सभा सदस्य, सोही साल बागमति विशेष ब्युरो एबम् अनेरास्वबियु केन्द्रिय सचिवालयका प्रमुख, नेकपा एमाले विद्यार्थी विशेष जिल्ला कमिटीका सदस्य, जुम्ला काठमाडौँ सम्पर्क मन्च नेकपा एमालेका अध्यक्ष लगायत लामो समयदेखि राजनितीमा उनी सक्रिय छन् ।

अब भने जुम्लाको विकासका लागि प्रदेश सभा सदस्य ‘ख’ का उम्मेदवारी दिएको उनी बताउँछन् । यदि जिते जुम्ला बासीले भोगेका दुख पिडा, समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनी भन्छन्,‘राजनितीमा मात्र हैन, म पहिलेदेखि नै समाजमा चेतना फैलाउनुपर्छ भन्ने सोच राख्ने गर्थें । हरेक मानिसले आफ्नो दायित्व निर्वाह गरिदियो भने समाज आफैँ बन्छ जस्तो लाग्थ्यो ।

अहिलेसम्म काम गरेका ठाँउहरूमा मेरा मुद्दा आवाज मात्रै हुुन्थे । तर अब मेरो आवाजलाई परिवर्तनको संवाहक बनाउन र जुम्ला बासीको समस्या समाधान गर्न प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएको छु ।’ यदि उममेदवारी जिते सडक, बक्ति, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषिमा आमुल परिवर्तन गर्ने उनी बताउँछन् ।

हामीलाई विकास भनेर भौतिक विकास मात्रै बुझाइएको रहेछ । भौतिक कुराहरू विकासका लागि चाहिने पूर्वाधार त हुन् तर त्यही मात्रै विकास होइन’ उनले बेल संचारसँग प्रष्ट्याउँदै भने,‘जब उत्पादनमा वृद्धि हुन्छ, जब गरिबको चुलो पनि खुसीले बल्छ, जब सबै समानरूपमा शिक्षाले ओतप्रोत हुन्छन्, त्यही नै विकास भएको अवस्था हो ।

संस्कार संस्कृतिको प्रर्वद्धन पनि विकास हो । कृषिमा आधुनिकीकरण गर्दै समग्र उत्पादन र उद्योगको कार्यक्षमता बढाउनु विकास हो । म जुम्लाकै स्थानिय बासिन्दा भएका कारण मैले यहाँका दुख भोग्दै आएको छु र यहाँका जनतालाई के आवश्यक छ मलाई राम्रो ज्ञान छ ।’ उनका अनुसार जुम्लाको स्याउ, मार्सी, सिमी, जडीबुटी लगायतको निर्यात गरेर सिङ्गो मुलुकलाई समृद्धिको बाटोमा लैजान आवश्यक छ । यस अघि जितेका नेताहरुले जुम्लाबासीको मर्म नबुझेको भन्दै उनले अब जनताले सहि नेतृत्व चयन गर्नु पर्ने उनको भनाई छ ।

उनी भन्छन्,‘अब जुम्लाबासीले आफूले मत दिँदा क्षणिक चहलपहल, तामझाम र प्रलोभनमा नपरि उम्मेदवारका बिगतका पृष्ठभूमि, गतिबिधि, कतिको जनउत्तरदायी छ, समाजिक कार्यमा गरेको योगदान, क्षामता र योग्यता र सार्वजनिक पद धारण गरेपछिको उसका गतिबिधिहरु जस्ता विषयलाई विशेष ध्यान दिन जरुरी छ ।

तसर्थ मतदाताहरुले राजनैतिक दलको खोल झिकेर, हाम्रालाई भन्दा पनि राम्रालाई मतदान गर्न जरुरी छ ।’ अहिले जुम्ला बासीले सहि नेत्तृवको पहिचान गर्न नसके पाँच वर्ष पछुताउनुपर्ने पनि उनी बताउँछन् । त्यसैले उनी भन्छिन्,‘देश, गाउँ, टोल, समाज सुसूचित मतदाताको सुविचार र सुभबह बुझपूर्ण निर्णयले बन्ने हो। सक्षम, नैतिक, पारदर्शी, इमानदार, कर्तव्य परायण, लगनशील नेतृत्वले मात्र गाउँ, समाज बन्न सक्छ ।

प्रदेश सभा ‘ख’ मा टेकराज पछाई किन ?

— युवा नेतृत्व युवाहरूको प्रतिनिधित्व केन्द्रसँग र प्रदेशसँग बलियो समन्वय, सहकार्य र पहुँच भएको

— स्पष्ट बिचार ‘ख’ को भूगोल समाज र सबै वर्गसँग समन्वय, दिगो विकास एवं प्रभावकारी योजना निर्माण गर्न सक्ने युवा नेतृत्व

— समतामूलक समाज निर्माण सकारात्मक परिवर्तन र विकास सम्बन्धि ज्ञान भएको

— विकासको स्पष्ट मार्ग चित्र सहित सम्भावना र तिनलाई पुरा गर्ने दृढ़ अठोट भएका अर्जुन दृस्ठि भएको युवा नेतृत्व

— सरल स्वभाव, शालिनता , इमानदार साथै भद्र बलियो इच्छाशक्तिका साथै स्वच्छ छवि भएको वेदाग ब्याक्तित्व

— अध्यानका हिसाबले अब्बल राजनीति सस्कार भएको ब्याक्तित्व

— कृयासिलता र सक्रियतामा विश्वास गर्ने

— आलोचनात्मक चेतभएको सबैलाई मिलाएर लान सक्ने क्षमता सहित कम बोल्ने धेरै काम गर्ने बिशिस्ट खालको क्षमता राख्ने ब्याक्तित्व

— काठमाडौं अमृत साइन्स क्याम्पस देखि राष्ट्रिय राजनीति सम्म कुशल नेतृत्व गरेको अनुभव

— राजनीति एवं प्रशासनिक क्षेत्रमा आफ्नो योग्यतम कुशलता प्रदर्शन गरेको युवा नेतृत्व

— सिंजा खस इतिहास हराउँदै गएको बेला सिंजाली भाषा सभ्यता , रितिरिवाजको मौलिक पहिचान सहित युगान्तकारी रुपान्तरण गर्न सक्ने युवा जानकार ब्याक्तित्व

— जुम्ला ख क्षेत्रको न्याय समानताको लागी आवाज बुलन्द गर्न सक्ने होनहार युवा नेतृत्व

— नेतृत्व अभावमा रुमल्ली रहेको सिंजा लाई कुशल नेतृत्व प्रदान गर्न सक्ने ससक्त युवा

— स्वास्थ , शिक्षा ,खानेपानी ,जल, जमिन ,जडिबुटी ,कृषि ,विद्युत,सडक , पर्यटन ,उद्योग ,रोजगारी को दीर्घकालीन योजना सहित कुशलता पुर्बक भुमिका निर्वाह गर्न सक्ने सपना द्र्स्टा जानकार ब्याक्तित्व — स्थानीय स्रोत साधनलाई प्रबिधि मैत्री बनाई उत्पादन स्रोत र पहिचान गरि मार्ग चित्र दिनसक्ने अब्बल नेतृत्व

साताकाे चर्चित
सम्बन्धित