ओली नेतृत्वको सरकार देश हितमा : अध्यक्ष कमल थापा
ओली नेतृत्वको सरकार देश हितमा : अध्यक्ष कमल थापा

ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका हुन् ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन् ।

साताकाे चर्चित
सम्बन्धित