प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर
प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर

महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

    • बेल संचार

    • २८ कार्तिक २०७९, सोमबार

काठमाडौं

काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ ।

महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ ।

काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको भनाइ छ ।

अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित