विजेता खेलाडीलाई सम्मान   
     विजेता खेलाडीलाई सम्मान   

त्यसैगरी भूटानसँगका खेलमा ७ गोलमध्ये वर्षाले ४ गोल गरेकी थिइन् ।    

    • बेल संचार

    • २८ कार्तिक २०७९, सोमबार

लम्की, कैलाली,
बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू–१५ महिला फुटबल च्याम्पियनशिप खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।

बालकल्याण मावि भूतपूर्व विद्यार्थी समाज लम्की कैलालीले राजधानीमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका बालकल्याण मावि विद्यार्थी वर्षा वली र भूमिका बुढाथोकीलाई सम्मान गरिएको हो ।

कात्तिक १५ देखि २५ गतेसम्म भएका खेलमा वर्षा वलीले बङ्गलादेशलाई १–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित दिलाएकी थिइन् । त्यसैगरी भूटानसँगका खेलमा ७ गोलमध्ये वर्षाले ४ गोल गरेकी थिइन् ।

कार्यक्रममा बालकल्याण मावि भूतपूर्वविद्यार्थी समाज लम्कीका अध्यक्ष तारा आचार्यले विजयी खेलाडीहरुलाई खाता, प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता तारा सन्ज्याल, पत्रकार डम्मर बम, विद्यार्थी नेता रमेश आचार्य, विद्यालयका पूर्वविद्यार्थीहरू अरुण चौधरी, लक्ष्मी आचार्य, निरज बोहरालगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भौतिक पूर्वाधारको अभावमा आफ्ना विद्यार्थीहरूले खेलकुदको माध्यमबट राष्ट्रलाई चिनाउने काम गरेकामा खुसी लागेको विद्यालयका सहप्राध्यापक रङ्गप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित