बैंकमा जानै नपर्ने , वडास्थरमै भत्ता पाउने
बैंकमा जानै नपर्ने , वडास्थरमै भत्ता पाउने
    • उमेश बुढा, जुम्ला

    • २९ कार्तिक २०७९, मंगलवार

जुम्लाका ८ पालिका मध्ये विकट दुर्गम ठाउँमा रहेको कनकासुन्दरी गाउँ पालिकाको वडा नम्बर १ बुम्रमाडि चौरमा वडा कार्यलयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सञ्चालन भएको छ ।
सामाजिक सुरक्षा शाखा र कुमारी बैंक गोटिज्युलामा भत्ता बुझ्न जानु पर्ने भएकाले वडा नम्बर १ का ७ ओटा गाउँका जेष्ठ नागरिक , बालबालिका , अपांग र शिशु आमाले ६र७ घण्टा पैदल हिडेर भत्ता बुझ्न जानु पर्ने समस्याले वडामै वितरण गर्ने व्यवस्था मिलायको हुँ , वडा अध्यक्ष भिम भण्डारीले बताए ।

भत्ता बुझ्न लिनको लागि गाडिको व्यवस्था गरेर पनि यहाँ कच्चि सडक भएकाले खोलाखालि , डाँडाकाँडा , भिर , जङ्गल भयर गाडि सजिलै आउन नसक्ने हुँदा वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हुँ अध्यक्ष भण्डारीले बताए ।

हामिलाई भत्ता बुझ्न जाँदा बाटोमा बस्दै बस्दै लट्ठि टेकेर जाँदा आउदा १२ र १४ घण्टा लगायर जानु पर्थ्यो अहिले वडा कार्यलयबाट भत्ता बुझ्न पाउदा डिड्न शुस् ख भएको छ , ६५ वर्षका वृद्ध नदे भण्डारीले बताए ।

अब हामीलाई वडा कार्यलयमै भत्ता बुझ्न पाउदा हामि खुसि खुसि छौ वृद्धहरुको भनाइ रहेको छ ।

गोटिज्युला कुमारी बैकमा भत्ता लिन जाँदा म दुई दिन लगायर आउने जाने गरेको थिए । अहिले वडामा भता बुझ्न पाउदा खुसी व्यक्त गर्छन् , अर्का ७० वर्षका वृद्ध मुनविर कठायत
बाटोमा बस्दैबस्दै ,सुईसुई गर्दै ,लट्ठि टेक्दै , खोक्दै , एक दिन जाने , एक दिन आउने , र एकदिन बैकमा लाइन लागेर भत्ता बुझेर ल्याउथ्ये
लगबक ३ दिन लगायर भत्ता बुझेको हुँ , आज त १ घण्टा पनि लागेन म सारै खुसि भएको छु , कठायतले बताए ।

मुगुकाु रारा ताल नजिकै पर्ने वडा १ मा सामाजिक सुरक्षा भत्ता लिने २९३ जना सेवा ग्राहि रहेका छन । यिनिहरुको लागि भत्ता लिन जान आउन असजिलो भयको कारणले वडाबाट भत्ता लिने व्यवस्था मिलाइएको हो , समाजिक सुरक्षा शाखा कनकासुन्दरीले बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित