प्रधानमन्त्री देउवा दैलेख जाँदै   
प्रधानमन्त्री देउवा दैलेख जाँदै   
    • बेल संचार

    • २९ कार्तिक २०७९, मंगलवार

कर्णाली, २९ कात्तिक (रासस) :
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ ।

कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउनु लाग्नु भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको केसीले बताउनुभयो ।

उहाँहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउनुहुनेछ ।

साताकाे चर्चित
सम्बन्धित