२०७० मा चुनाव जिते ऐन बनाए: अब जिताउनु होस संविधानको रक्षा गर्छु गोमा गौतम ( कुवर )
२०७० मा चुनाव जिते ऐन बनाए: अब जिताउनु होस संविधानको रक्षा गर्छु गोमा गौतम ( कुवर )
    • उमेश बुढा , जुम्ला

    • २९ कार्तिक २०७९, मंगलवार

जुम्ला,  संविधान सभाकाे निर्वाचन २०७० मा जुम्लाबाट समानुपातिककाे उम्मेदवार भएर चुनाव जुम्लाबाट जितेर गएर देशकाे मुल कानुन बनाउनमा मेराे पनि भुमिका रहेर कानुन बनेकाे हाे , गठबन्धन दलकी साझा उम्मेदवार गाेमा गौतम कुवरले बताउनु भयाे । संविधान सभाकाे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट समानुपातिक उम्मेदवार भएर चुनाव जितेकी हुन ।

संविधान सभाकी सदस्य भएर नेपालमा अन्याय अत्याचार , हिंसात्मक, लुटपाट, बलत्कार , काटमार , लगायतकाे विषयमा कानुन बनाउनमा उनकाे जाेड रहेकाे थियाे । सर्वहारा वर्ग , दतित, महिला , अपांग ,जनजाति , आदिवासी र पिछडिकाे समुदायकाे न्यायकाे लागि कानुन बनाउनमा मेराे पनि हस्ताक्षर रहेकाे कुवरले बताइन् । उनका अनुसार देशमा कानुन बनाएकाे झन्डै दश वर्ष बितिसक्दा जनताले चुनेर पठायर संघर्ष गरेर बनाएकाे ऐन बिचमा सहि तरिकाले लागू हुन सकेन ।

देशमा राजनिती शक्ति , आर्थिक पावर हुने हरुका लागि कानुन लागू हुन सकेन । गरिव जनताकाेलाई मात्र कानुन कार्यन्वय भएकाे देखिन्छ कुवरले बताइन् । मलाई जितायर पठाउनु हाेस् देशमा नत धनि ,नत गरिव, नत नेता र ठुलाबडालाई छुट नभएर सबैकाे लागि कानुन बराबर गर्नमा मेराे पहल रहनेछ र सहि तरिकाले कानुन चल्नेछ , कुवरले भनिन् । अहिले देशमा पछिलाे समयमा राजनितिक दृष्टिकोण हेर्दा ,देशका दलालहरुले संविधानलाई खारेज गर्नमा लागेका छन ।

१२/१४ वर्ष जनयुद्ध गरेर क‌यौ कैयौं नेपाली आमा बाका छोरा छोरी शहिद भएर राजतन्त्र लाई अन्त्य गरेर ल्याएकाे सविधान सजिलै हटाउन नसकिने उनले भनिन् । प्रतिक्रियावादिले संविधानलाई सहि तरिकाले कार्यन्वयमा नल्यायर ऐनलाई ढाल्छौं भन्दैमा कानुन ढल्दैन , उनकाे भनाइ छ । अहिले मलाई जुम्लाबाट प्रतिनिधी सभा सदस्य पदमा जितायर पठाउनु हाेस म कानुनकाे रक्षा र कार्यन्वयमा ल्याउछु । राप्रपा , एमाले , मजदुर किसान पार्टीका उम्मेदवारले बाेले जस्ताे म बोल्दैन । जुम्ला लागि विकास गरेर उल्टाे पार्छु, भन्दिन ।

 

याे देशकाे नेतृत्व गर्छु भन्दिन , केबल बनाएकाे ऐनलाई कार्यन्वयमा ल्याउछु । र संविधानकाे रक्षा गर्छु । विकास त देशमा शान्ति भएकाे बेला क्रमशः हुदै जाने पक्रिया हाे । एक चुनावि आम सभामा कुवरले बाेल्नु भएकाे छ । जुम्लिवासि आमाबुवा दाजुभाइ तथा दिदि बहिनिहरुले गाेलाकार भित्रकाे आँसि हथौड़ा चिन्हमा मतदान गर्न अपिल पनि गर्न भएको छ ।

साताकाे चर्चित
सम्बन्धित