बाम लोकतान्त्रिक गठबन्धन, गत स्थानीय चुनावको परिणाम र व्यक्तिगत छविका आधारमा कार्कीको जित निश्चित
बाम लोकतान्त्रिक गठबन्धन, गत स्थानीय चुनावको परिणाम र व्यक्तिगत छविका आधारमा कार्कीको जित निश्चित
    • Bell Sanchar

    • ३० कार्तिक २०७९, बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उदयपुर क्षेत्र नं १ (क) र (खु)  क्षेत्र नं २ (क)  र (ख) मा सत्ता गठबन्धन र अन्य दलका उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा छ। स्थानीय तहको मत परिणाम अनुसार दुवै क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिन्छ। यस अघिको निर्वाचनमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी अहिले गठबन्धन भएर सँगै सहकार्य भइरहेकाले यस क्षेत्रमा सत्ता गठबन्धनको राम्रो प्रभाव देखिएको छ।


प्रदेशसभा क्षेत्र नं १ क मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजन किराती उम्मेदवार छन् भने क्षेत्र नं १ ख मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका यस अघि पनि निर्वाचित सडक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका हिमाल कार्की पुनः उम्मेदवारका रुपमा छन् ।

यस अघिको प्रदेशसभाको निर्वाचनमा जितेको नेपाली कांग्रेस र निकटतम प्रतिद्वन्दी माओवादी अहिले एकै ठाउँमा छन्। अर्कातिर पुरानो एमाले पार्टी पनि टुक्रिसकेको छ। नेकपा एस पनि बाम लोक्त्रान्तिक गठबन्धन तिर छ, जसको साझा उम्मेदवार पनि हिमाल कार्की नै हुन्। चुनाबको बेलामा जिते पछि गाउँ नफर्किने जनगुनासो आइरहेका बेला कार्कीलाइ यस्तो गुनासो भने कमै आउछ। उनी मन्त्री भइरहदा पनि आफ्नो गाउँ गइरहने र छोटो समयमा विकासका काम गर्ने जनप्रिय नेताका रुपमा चिनिन्छन्। बाम लोकतान्त्रिक गठबन्धन, गत स्थानीय चुनावको मत परिणाम र व्यक्तिगत छवि लगायतलाइ आधार मानेर हेर्दा कार्कीको जित निश्चित नै देखिन्छ।

चुनाव प्रचारका केहि तस्विर हरु

 

 

 

साताकाे चर्चित
सम्बन्धित