काङ्ग्रेसका ७ नेतालाई कार्वाहीको सिफारिस ,आफ्नै उम्मेदवारको विरोध गरेर प्रचार गर्ने
काङ्ग्रेसका ७ नेतालाई कार्वाहीको सिफारिस ,आफ्नै उम्मेदवारको विरोध गरेर प्रचार गर्ने
    • उमेश बुढा

    • ३० कार्तिक २०७९, बुधबार

जुम्ला

नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारका विरुद्ध प्रचार गर्ने आफ्नै पार्टीका ७ जना नेतालाई कार्वाहीको सिफारिस पार्टीले अगाडि चलाएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति जुम्लाले पार्टी उपसभापती दिपक शाही ,महाधिवेशन प्रतिनिधी भक्त वहादुर रोकाया , चन्दनाथ नगरपालिका सभापती रवि थापा , गोविन्द व शाही , आसे बस्नेत , भक्त रोकाया र गोर वहादुर सुनारलाई कार्वाहीका लागि सिफारिस गरेको नेपाली काङ्ग्रेस जुम्ला पार्टी सभापती कर्णवहादुर शाहीले बताए ।
नेपाली काङ्ग्रेस पार्टी जुम्लाको लेटर प्याटमा जिल्ला सभापती कर्ण वहादुर शाहीले हस्ताक्षर गरेर प्रेस विज्ञप्ति प्रकासित गरिएको छ। पार्टी भित्रका ७ जनालाई कार्वाही समेत गरिने शाहीले बताए ।

निजको स्पष्टीकरण चित्त बुझ्दो नभएको सभापती शाहीले जानकारी दिए । केहि व्यक्तिले स्पष्टीकरण नदिएको पनि उनले बताए ।

पार्टि भित्रका व्यक्तिले पार्टीकै विरुद्ध लागेर चुनाव हराउनको लागि ठुलो पर्यास गरेता पनि नेपाली काङ्ग्रेसका उम्मेदवार जुम्लामा नहार्ने नेपाली काङ्ग्रेसले जनाएको छ ।

२ , ४ जना व्यक्तिले पार्टीमा विरोधका गतिविधी गरेर उम्मेदवार लाई हराउन सक्दैनन् , जुम्ला काङ्ग्रेसले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित