देशका लडाकुले : हिमा नदिमा पुल बनाए
देशका लडाकुले : हिमा नदिमा पुल बनाए
    • उमेश बुढा

    • ३० कार्तिक २०७९, बुधबार
जुम्ला
जुम्लाको हिमा नदिमा नेपाल आर्मिले दुई स्थानमा काठे साँघु बनाएका छन । जुम्लामा असाेज महिनाकाे १९ गते देखि २३ गते सम्म अविल वर्षाले हिमा नदिमा भएका काठेपुल बगाएको थियाे । कनकासुन्दरी ४ हाडसिजाकाे मञ्जामा आदा दर्जन भन्दा वढि सरकारी कार्यलयहरु रहेकाे ठाउँमा जाने पुल बगाएको थियाे ।
प्रतिनिधी सभा र प्रदेश सभाकाे चुनाव मङ्सिर ४ गतेमा सुरक्षाकाे लागि खटिएका नेपाल आर्मी , शस्त्र पहरी, प्रहरी ,म्यादी प्रहरी र जनप्रतिनिधिले काठेपुल बनादिएका छन , वडा अध्यक्ष धनमानसिङ हमाल ( सुर्यमर्णिले ) बताए ।
उपभाेक्ता समिति र ठेक्काबाट काठेपुल छिटाे नहुने अबस्थामा थियाे । नेपाल आर्मिले ५ दिन भित्र सबै सुरक्षा शक्ति लगायर निर्माण गरेकाे हमालले बताए । विद्यार्थी , स्वास्थ्य चौकी जाने विरामि, वडाबाट सेवा लिने सेवाग्राहि र कर्मचारी अाेरदाहाेर गर्ने काठेपुल नेपाल आर्मिले बनाइदिए पछि अहिले खुसी भएका छन ।
हिमा गाउँ पालिकाकाे वडा नम्बर ३ माेप्ला जाने काठेपुल पनि नेपाल आर्मिले बनादिकाे छ पालिका अध्यक्ष लक्ष्मण शाहिले बताए । शाहिका अनुसार हिमा नदिमा रहेकाे काठेपुल माेप्ला गाउँ , वड्कि गाउँ आवतजावत गर्न कठिन भएको थियाे ।
अहिले बने पछि स्थानीय वासिलाई सजिलाे भएको बताउँछन् । चुनावकाे सुरक्षा गर्न जुम्ला क्षेत्र नम्बर ( ख ) मा आएका हौँ । तर याे क्षेत्रमा चुवावमा मानिसलाई आवतजावत गर्ने पुल नहुदा स्थानीय सरकारकाे पहलमा नेपाल आर्मिले काठे पुल बनाएका हौँ , नन्द बक्स गण जुम्ला उपसेनानी आदित्यजङ्ग शाहिले बताए ।
सिजा गाउँ पालिकाकाे वडा नम्बर ३ स्थित भैसेगौडामा पनि बाटाे पहिराेले लियर नराकाेट बजार गाडी चल्न नसक्दा व्यपारी हरुले सामान कर्णाली राजमार्गबाट बाेकेर लिने गरेका थिए । नेपाल आर्मिले बलाष्टिक गरेर ढुङ्गा फुटालेर अहिले गाडी सञ्चालनमा आएका छन , शाहीले बताए । शाहिका अनुसार कनकासुन्दरीकाे विराट मन्दिर नजिकै NTC काे टावर बनाउन लागेकाे ३/४ वर्ष भएको रहेछ । सेवा दिनकाे लागि वत्तिकाे पाेलमा मेसिन राखेर सेवा लियका छन।
अहिले तत्काल नेपाल आर्मिले कर्णाली राजमार्गको गाेरु चौर देखि झन्डै ३ मिलाे मिटर काँधमा बाेकेर टावर बनाउने ठाउँ सम्म सामान पुर्याएकाे शाहिले बताए । जनताले सजिलै गर्न नसक्ने काम र जनतालाई अति आवश्यक पर्ने विकासका काममा नेपाल आर्मिले सहयाेग पुर्याएकाेछ । आर्मिले यसरी छिटो छरितो काम गरेकाे देख्दा स्थानीय वासि अचम्मित भएका छन ।

साताकाे चर्चित
सम्बन्धित