अपाङ्गमैत्री छैनन् जुम्लाका ८३ मतदान स्थल
अपाङ्गमैत्री छैनन् जुम्लाका ८३ मतदान स्थल
    • उमेश बुढा

    • १ मंसिर २०७९, बिहीबार

जुम्ला

जुम्ला ८ ओटा पालिका भएको जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रमा जानआउन समस्या भएको छ ।

हिमा गाउँपालिका वडा नम्बर ७ स्थित खलढुङ्गामा बस्दै आएका सूर्य अधिकारी अपाङ्गता व्यक्ति हुन । उनि आवतजावतकाे लागि ह्वीलचियर प्रयाेग गर्दै हिड्डुल गर्छन ।

त्यस्तै अर्का व्यक्ति चन्दनाथ नगर पालिका ५ कालेखाेली घर भएका माेहन शाहि र विस्नुमाया श्रेष्ठह्वीलचियरकाे सायताले आवतजावत गर्दै आइरहेका व्यक्ति हुन ।

उनिहरु जस्तो मतदाता नामावली भएका अपाङ्गता व्यक्ति धेरै छन् ।

मङ्सिर ४ गतेकाे प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनमा आफ्नाे मत खेर नफाल्न र राम्रो उम्मेदवारलाई मतदान गरेर जिताउनकाे लागि मेराे मत छुट्ने भयाे भन्ने चिन्तामा परेका छन ।

चन्दनाथ नगर पालिका ७ खलाचौरका हरिचन्द्र रावल पनि ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता व्यक्ति हुन ।

जुम्लाका मतदाता नामावली भएका करिव ३ हजार अपाङ्गता व्यक्ति छन । उनिहरुलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमत्री स्थल छैनन् । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्नकाे लागि अपाङ्गमत्री मतदान हुनु पर्ने सरकारकाे निति नियम छ ।

अपाङ्ग पुनस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने भन्नु हुन्छ , जुम्लामा अपाङ्गमत्री पुर्ण स्थल बनाउन सकिन्छ तर राज्यका निकायकाे चासाे,इच्छा नभएको हाे । साेही विषयकाे घाेरआपति चौलागाईंले गरेकाे बताउछन् ।

जुम्लामा ८३ मतदान स्थल र १ सय ६ ओटा मतदान केन्द्रमा अपाङ्गमत्री नभएको जिल्ला निर्वाचन कार्यलय जुम्लाका सुचना अधिकारी अभिनन्द चौलागाईंले  जुम्ला विकट भएकाले अपाङ्गमत्री मतदान स्थल बनाउन सकिएको छैन चौलागाईंले बताए ।

साताकाे चर्चित
सम्बन्धित