जुम्ला
गाेटिज्युला देखि कालाकाँडा लेक हुदै मुगु जिल्लाकाे खत्याड गाउँ पालिका जाने सड्क बाटाे १ महिना पछि सञ्चालनमा आएको छ ।
असाेज महिनाकाे १९ गते देखि २३ गते सम्म अविरल वर्षाकाे कारणले सड्क अवरुद्ध भएकाे थियाे । कर्णाली राजमार्गसँगै जाेडिएकाे कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ६ काे गाेटिज्युला बजारबाट साेही पालिकाकाे वडा ३ का गाउँ वस्तीहरुमा जाने मुख्य सड्कबाटाे हाे ।
वडा नम्बर ३ का वडा अध्यक्ष भैर वहादुर बुढा भन्छन् मेराे वडाका जनतालाई खाद्यान्न ल्याउन र गाउँमा उत्पादन भएका बस्तु ओसारपाेसार गर्न कठिन अवस्था देखिए पछि तत्काल सड्कबाटाे बनाउनमा जाेड दिएकाे हु अध्यक्ष बुढाले बताए । यहँका जनतालाई गाेटिज्युला बजार पुग्न लगभग २ घण्टा लाग्छ । बजारबाट नुन , तेल , चामल लगायतका खाद्यान्न वस्तु बाेकेर ल्याउनु पर्ने भएपछि सबै विकासे काम छाेडेर याे सड्कबाटाे बनाउन पहल गरेर सञ्चालन गरेकाे छु बुढाले जानकारी गर्नु भयाे ।
स्थानीय सरकारले जुम्लाको गाेटिज्युला देखि मुगुकाे खत्याड गाउँपालिका जाने सड्कबाटाे छिटै बनायर गाडी चल्लेकाे देख्दा म स्थानीय सरकारलाई धन्यवाद र खुसि व्यक्त गर्दछु । भन्नु हुन्छ । स्थानीय वासी बाँचे बुढा गाेटिज्युला देखी फुटाशिली सम्म सड्कबाटाे पहिराे आएर खाेलाले बगाएको देख्दा अब खत्याडमा गाडी आउदैनन् भनेर चिन्ता लागेकाे थियाे । मुगु खत्याड गाउँ पालिका स्थानीय वासी भक्त राेकायाले बताए । कनकासुन्दरी ३ का जनप्रतिनिधिले छिटै सड्क बनाए पछि सानाठुला गाडी खत्याड पुगेकाे राेकायाले बताए ।
स्थानिय वासीका अनुसार हामीले याे सड्क अब बनाउनै सकिदैन साेचेका थियाे । तर वडा अध्यक्षकाे मिहिनेत , सङ्घर्ष , तपस्याले याे सड्क बनेकाे छ । गाेटिज्युला देखी मुगुकाे सिमाना कालाकाँडा सम्म झन्डै ७ किलाे मिटर रहेकाे छ । गाेटिय्युला देखी फुटाशिली सम्म ३ किलाेमिटर सड्क पहिराेले सड्ककाे नाम निशाना राखेकाे थिएन ।
कनकासुन्दरी ३ नम्बर वडामा ९ ओटा गाउँ वस्ती पर्छन । र साविककाे विराट र कनकासुन्दरी गाविसका आदा आदा गाउँ मिलर वडा नम्बर ३ बनेकाे छ । अहिले सड्क सञ्चालनमा आए पछि यहाँका जनतालाई सहज भएको छ । त्यस्तै गरी मुगुकाे खत्याड गाउँ र साेरू गाउँपालिकालाई सामान ओसारपाेसार गर्न सहज भएको छ ।