संखुवासभा
विवाद समाधानपछि सङ्खुवासभाका २ वटा मतदान केन्द्रमा रोकिएको मतदान पुन: सञ्चालन भएकाे छ ।
खाँदबारीकाे महेन्द्र मावि मतदान केन्द्र र चैनपुरकाे सरस्वती मावि (ख) हिटीडाँडा केन्द्रमा मतदान सुरू भएकाे हाे ।
मतदान अधिकृतले प्रतिनिधिसभाकाे मतपत्र दिनु पर्नेमा प्रदेशकाे मतपत्र दिएपछि विवाद उत्पन्न भएकाे हाे ।
सरस्वती मावि केन्द्रमा मतदान अधिकृतले प्रदेशसभाकाे मतपत्रकाे सट्टा प्रतिनिधिसभाकाे मतपत्र दिएका थिए ।
४१ वटा त्यस्ता मतपत्रमा मतदान गरेका मतदातालाई खाेजेर पुन: मतदान गराउने सहमति भएपछि मतदान सुरू भएकाे हाे ।
खाँदबारी र चैनपुरका ४ वटा मतपेटिका सिल गरिएकाे छ ।