सिजा गाउँपालिका पहिराेले पुरिएका माेटर साइकल निकालियाे
सिजा गाउँपालिका पहिराेले पुरिएका माेटर साइकल निकालियाे

त्याे तथ्यांक हेर्छु धितालले बताए । सिजा गाउँ पालिकाकाे कार्यलय हिमा नदिकाे १० मिटर नजिकै रहेकाे छ ।

    • उमेश बुढा

    • ४ मंसिर २०७९, आईतवार

जुम्ला ।

सरकारी कार्यलय सिजा गाउँपालिकाका ४ ओटा माेटर साइकल पहिरोले पुरिएका माेटर साइकल ३ ओटा निकालिएका छन् । भने १ ओटा भेटिएको छैन । असाेज महिनाकाे १९ गते देखी २३ गतेकाे अविरल वर्षाले सिजा गाउँ पालिकाकाे कार्यलय डुबानमा पारेकाे थियाे ।

गाउँ पालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार पालिकाकाे ग्राउण्ड भित्र राखिएका ४ ओटा माेटर साइकल पहिराेले डुबाए पछि सिजा गाउँ पालिकाकाे आफ्नै डाेजर लगाएर निकालिएका छन् । ३ ओटै माेटर साइकलका पाटपुर्जा कुनै पनि काम नलाग्ने भएकाछनन् , अध्यक्ष धितालले बताए ।

 

पालिकाले डाेजर लगाएर माेटर साइकलकाे खाेजि कार्य गर्दा ३ ओटा भेटिएका छन भने १ ओटा भेटिएको छैन ।

खाेजि कार्य भइरहेकाे पनि धितालले बताए । माेटर साइकलका पिलेट नम्बर पनि देखिका छैनन् । पालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धिताललाई बुझ्दा म भरखरै सिजा गाउँ पालिकाकाे अधिकृत भएर आएका हुँ ।

माेटर साइकलकाे बारे मलाई थाहाँ नभएको अधिकृत धितालले बताए । अझै पनि पालिकामा माेटर साइकल कति कति नम्बरका हुन , कति ओटा थिए , त्याे तथ्यांक हेर्छु धितालले बताए । सिजा गाउँ पालिकाकाे कार्यलय हिमा नदिकाे १० मिटर नजिकै रहेकाे छ ।

याे कार्यलय हिमा नदिले डुबान पारेकाे हाेइन । केदारनाथ बारे हुँदै नराकाेट बजार सम्म बग्ने खाेलाले भल आएर पुरेकाे हाे ।

साताकाे चर्चित
सम्बन्धित