जाजरकोटमा माओवादीका बस्नेत अगाडि   
  जाजरकोटमा माओवादीका बस्नेत अगाडि   

 आज राति ११ः५५ बजेको परिणामअनुसार उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का निरज आचार्यले २६५ मत प्राप्त गर्नुभएको छ ।   

    • बेल संचार

    • ६ मंसिर २०७९, मंगलवार

जाजरकोट,
मतगणना जारी रहेको जाजरकोटमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले ६१२ मत प्राप्त गर्दै सुरुआती अग्रता बनाउनुभएको छ ।

आज राति ११ः५५ बजेको परिणामअनुसार उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का निरज आचार्यले २६५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसका बेदराज सिंहले ७५६ प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का डम्बरबहादुर सिंहले ४४१ मत प्राप्त गर्नुभएको छ । साथै, प्रदेशसभा २ मा कांग्रेसका राजिवविक्रम शाहले ७२८ मत र प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहीले ३५९ मत प्राप्त गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित