भक्तपुर २ ः अग्रता बढाउँदैं कांग्रेसका थापा   
    भक्तपुर २ ः अग्रता बढाउँदैं कांग्रेसका थापा   

पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गर्नुभएको छ ।

    • बेल संचार

    • ६ मंसिर २०७९, मंगलवार

भादगाउँ,
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ६३ मतले अग्रता लिनुभएको हो ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौं स्थानमा छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित