पूरा होला मेसीको अन्तिम धोको?
पूरा होला मेसीको अन्तिम धोको?

यो कुरा मेसीले पनि स्विकार गरेका छन्- उनलाई विश्वकप जित्ने अन्तिम अवसर छ। 

    • Bell Sanchar

    • ६ मंसिर २०७९, मंगलवार

लिओनल मेसीका लागि कतारमा जारी फिफा विश्वकप अन्तिम अवसर हुनसक्छ।

यो कुरा मेसीले पनि स्विकार गरेका छन्- उनलाई विश्वकप जित्ने अन्तिम अवसर छ।

सात पटकका फिफा बालन डि’अर विजेता मेसी मंगलबार साउदी अरेबियाविरुद्ध मैदान उत्रिएसँगै पाँचौ विश्वकप खेल्नेछन्।

सन् २००६ को जर्मनी विश्वकपमा डेब्यू गरेका मेसीले क्लब स्तरका सबै उपाधि र ट्रफी जितेका छन्। तर उनले देशबाट मूख्य उपाधि भने गत वर्ष मात्र जिते।

सन् २०२१ को कोपा जितेपछि मेसी करिअरमा मूख्य उपाधिबिहीन भने हुन परेन।

सन् २०१४ को विश्वकपको उपाधि जित्ने अवसर मेसीलाई आएको थियो। ब्राजिलमा भएको सो विश्वकपमा गोल्डेन बल जितेका मेसीको टिम अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भयो।

साताकाे चर्चित
सम्बन्धित