प्रतिनिधि सभा निर्वाचनमा दलका मुख्य नेतामध्ये ४ जना रेड जोन
प्रतिनिधि सभा निर्वाचनमा दलका मुख्य नेतामध्ये ४ जना रेड जोन

एमालेका बस्नेतले ५६ सय २६ मत ल्याउँदा खनालले ४ हजार ८ सय ५० मत ल्याएका छन्। 

    • बेल संचार

    • ६ मंसिर २०७९, मंगलवार

प्रतिनिधि सभा निर्वाचनमा दलका मुख्य नेतामध्ये ४ जना रेड जोनमा देखिएका छन्।

सार्वजनिक भइरहेका मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो रेड जोनमा परेका हुन्।

इलाम १ मा समाजवादीका नेता खनाल एमालेका महेश बस्नेतसँग पछि परेका छन्। एमालेका बस्नेतले ५६ सय २६ मत ल्याउँदा खनालले ४ हजार ८ सय ५० मत ल्याएका छन्।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका छन्। राउतले १४ हजार  ४ सय ६८ मत ल्याउँदा यादवले ७ हजार २ सय ७१ मत ल्याएका छन्।

यस्तै लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन्। कापरले २२ सय ४ ल्याउँदा ठाकुरले १९ सय ९६ मत ल्याएका छन्।

सर्लाही २ मा लोसपाका राजेन्द्र महतो माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पछि परेका छन्। यादवले  १८ सय २५ मत ल्याउँदा महतोले १३ सय ११ मत ल्याएका छन्।

साताकाे चर्चित
सम्बन्धित