जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह विजयी
जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह विजयी

उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।

    • बेल संचार

    • ७ मंसिर २०७९, बुधबार

जाजरकोट

जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् ।

बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।

शाह प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए ।तर, सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्य थिए ।

 

साताकाे चर्चित
सम्बन्धित