बिष्टले २०३४ मतको अग्रता सहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
विष्टले २७० र २०७४को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पुरा गरेका छन् ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।
‘ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले लेखेकी छिन्,’जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।’
उनले मतदातालाई धन्यवाद दिँदै निर्वाचनमा विजयी भएका विष्टलाई बधाई पनि दिएकी छिन् ।