दाङ २ ः प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी   
दाङ २ ः प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी   

यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।    

    • Bell Sanchar

    • ७ मंसिर २०७९, बुधबार

देउखुरी, 
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।
खनाल २०७० मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियोे । २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित हुनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित