जुम्ला ( क ) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी
जुम्ला ( क ) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

स्वतन्त्र भएर धाराे चिह्न लिएका देवेन्द्र शाही विजयी भएका छन् ।

    • उमेश बुढा

    • ७ मंसिर २०७९, बुधबार

जुम्ला

निवर्तमान कर्णाली प्रदेश नेपाली काङ्ग्रेस पार्टीका सभापति र गठबन्धन दलका साझा उम्मेदवार ललिजङ्ग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले पराजित पारेका छन् ।

स्वतन्त्र भएर धाराे चिह्न लिएका देवेन्द्र शाही विजयी भएका छन् ।

जुम्ला क्षेत्र नम्बर ( क ) मा २४ हजार ६ सय ५४ मत खसेकाेमा देवेन्द्र शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर जित हाँसिल गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी ललिजङ्ग शाहीले ७ हजार ७ सय ५५ मत प्राप्त गरेर पराजित भएका छन् । त्यस्तै गरि नेकपा ( एमाले ) पार्टीका धिरेन्द्र गिरीले ५ हजार ४ सय ६० मत प्राप्त गर्नु भयाे ।

भने नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का राजेस्वर देवकाेटाले पनि ६ सय ९४ मत ल्याउनु भएको हाे ।

स्वतन्त्र उम्मेदवार उठ्नु भन्दा अगाडि देवेन्द्र शाही नेपाली काङ्ग्रेस पार्टीका प्रदेश प्रतिनिधी सदस्य रहेका थिए ।

पार्टीले सहि उम्मेदवार नछानेकाे भन्दै स्वतन्त्र उम्मेदवार उठेर पनि चुनाव जितेका छन् । उनले १८ सय ९९ मत वढी ल्याएर जित हाँसिल पारेका छन् ।

साताकाे चर्चित
सम्बन्धित