जुम्लामा गाेमा गौतम भन्दा १०,८६० मत बढीले ज्ञानेन्द्र शाही विजयी
जुम्लामा गाेमा गौतम भन्दा १०,८६० मत बढीले ज्ञानेन्द्र शाही विजयी
    • उमेश बुढा

    • ८ मंसिर २०७९, बिहीबार

जुम्ला 

जुम्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले १० हजार ८ सय ६० मत बढी ल्याएर ज्ञानेन्द्र शाही विजयी भएका छन् । पुर्व राज्य मन्त्री बन्नु भएकी , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टीबाट र गठबन्धन दलकाे साझा उम्मेदवार गाेमा गौतम ( कुवर ) लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता र ज्ञानेन्द्र शाही अभियानका चर्चित ज्ञानेन्द्र शाहीले दाेबर मतले हराएका छन् ।

जुम्लामा कुल मत ४५ हजार २ सय ८४ मत खसेकाे मध्ये २२ हजार ८ सय १९ मत प्राप्त गरी शाहीले विजय हाँसिल गरेका छन्। भने माओवादी केन्द्र गठबन्धन दलकी साझा उम्मेदवार गौतमले ११ हजार ९ सय ५९ मत ल्याएर पराजित भएकी छन् । भने नेकपा ( एमालेका ) रतन नाथ याेगीले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरी नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का डिल्ली काँफलेले ९ सय ५५ मत ल्याएका हुन ।

र कलधाराेकाे पनि ५ सय ४५ मत प्राप्त भएको हाे । जुम्लामा प्रतिनिधि सभाकाे २ हजार ४ सय ७८ मत बदर भएको छ । प्रतिनिधि सभा र प्रदेशकाे मतगणना कार्य सकिएकाे छ । भने घाेषणा गर्न बाँकी छ । निर्वाचित भएका दलहरुले विजय र्याली गरिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित