नेपालगञ्ज,
बाँकेको क्षेत्र नं ३ प्रदेश (२) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी हुनुभएको छ ।
उहाँले १३ हजार चार सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित गर्नुभएको निर्वाचन अधिृकत प्रकाशबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी ओलीले १० हजार नौ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले चार हजार चार सय ५१ मत पाउनुभएको छ । —