२०७९ को निर्वाचनमा हारेका चर्चित अनुहार
२०७९ को निर्वाचनमा हारेका चर्चित अनुहार
    • Bell Sanchar

    • ८ मंसिर २०७९, बिहीबार

काठमाडौं । आम निर्वाचन २०७९ को चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । ठूला पार्टीका शीर्ष नेता तथा चर्चित अनुहारहरु पराजित भएसँगै चुनावको मतपरिमाण निकै रोचक बनेको छ ।

 

ओनसरी घर्ती 
माओवादी केन्द्रकी नेता ओनसरी घर्ती पनि पराजित भइन् । काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उमेदवार उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी हुन् ।

पम्फा भुसाल
माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसाल पनि पराजित भइन् । उनी ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार तोसिमा कार्कीसँग पराजित भएका हुन् ।

रामकुमारी झाँक्री 
नेकपा (एकीकृत समाजवादी) पार्टीका सचित रामकुमारी झाँक्री पनि पराजित भएकी छन । उनी प्रतिनिधिसभा सदस्यतर्फ गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।

उपेन्द्र यादव 
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भए । नेकपा (एमाले)सँग गठबन्धन गरेर उमेदवारी दिएका यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पारजित भएका हुन् ।

ईश्वर पोखरेल
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भए । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलसँग उनी पराजित भएका हुन् ।

शंकर पोखरेल 
एमालेका महासचिव शंकर पोखरेल पनि पराजित भए । दाङ क्षेत्र नम्बर २ बाट पोखरेल नेकपा (माओवादी केन्द्र) उमेदवार रेखा शर्मासँग पराजित भएका छन् ।

देव गुरुङ 
माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पराजित भए । प्रतिनिधिसभा सदस्यतर्फ लमजुङबाट गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गरुङसँग पराजित भएका हुन् ।

रवीन्द्र मिश्र 
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पराजित भएका हुन । काठमाडौं क्षेत्र नम्बर–१ बाट पराजित भएका हुन । नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहसँग पराजित भएका हुन ।

लक्ष्मणलाल कर्ण 
लोसपा नेता लक्ष्मणलाल कर्ण पनि पराजित भएका छन् । उनी पर्सा १ मा जसपाका प्रदीप यादवसँग  पराजित भए ।

महेश बस्नेत 
एमालेका चर्चित नेता महेश बस्नेत पनि पराजित भएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका हुन् ।

विरोध खतिवडा 
नेकपा (एकीकृत समाजवादी) सचिव तथा पूर्वमन्त्री विरोध खतिवडा पनि पराजित भए । खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट आफ्नै राजनीतिक चेला एमालेका युवा नेता महेश बर्ताैलासँग पराजित भएका हुन् ।

राजन भट्टराई 
एमालेका नेता राजन भट्टराई पनि पराजित भए । उनी प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर ४ बाट पराजित भएका हुन् । उनी कांग्रेस महामन्त्री गगनकुमार थापासँग पराजित भएका हुन् ।

भीमसेनदास प्रधान 
कांग्रेसका नेता भीमसेनदास प्रधान पनि पराजित भए । उनी प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका हुन् ।

लेखराज भट्ट
एमालेका सचिव लेखराज भट्ट पनि पराजित भए । प्रतिनिधिसभा सदस्यतर्फ कैलाली ४ बाट कांग्रेसका नेता वीरबहादुर बलायरसँग पराजित भएका हुन् ।

जीवनराम श्रेष्ठ
एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि यो चुनावमा परािजत भए । उनी निवर्तमान सांसद रहेको क्षेत्र काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए ।

रामवीर मानन्धर
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका निवर्तमान सांसद रामवीर मानन्धन पनि पराजित भए । पूर्वमन्त्री मानन्धर राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भएका हुन् ।

बलबहादुर केसी
कांग्रेस नेता बलबहादुर केसी योपटक पनि पराजित भए । केसी सोलुखुम्बुबाट एमालेका मानवीर राईसँग पराजित भएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित