सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी  
सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी  
    • Bell Sanchar

    • ८ मंसिर २०७९, बिहीबार

सुर्खेत (भेरीगङ्गा) 
सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो । ३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याउनुभयो भने एमालेका विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुग्नुभएको छ । उहाँले २९ हजार सात सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका धु्रवकुमार शाहीले २२ हजार दुई सय ८३ मत प्राप्त गर्नुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित