जुम्लाबाट विजयी भएका सबैनेता लाई, काङ्ग्रेस नेता जिसिकाे सुझाव
जुम्लाबाट विजयी भएका सबैनेता लाई, काङ्ग्रेस नेता जिसिकाे सुझाव
    • उमेश बुढा

    • ९ मंसिर २०७९, शुक्रबार

जुम्ला । अहिलेसम्म कसैले पनि नचिनेको नेपाली भाषाकाे उत्पत्ति थलाे सिंजा लगायत जुम्लाका धेरै ठाउँ परेका छन् । यस पटक जुम्लामा प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र शाही र जुम्ला प्रदेश ( क ) मा देवेन्द्र शाही ( ख ) मा टेकराज पछाई विजयी हुनु भएको छ । तिनै जनालाई जनताकाे अभिमतबाट विजय हाँसिल भएको मा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नु गर्दै । काङ्ग्रेस नेता लाल वहादुर जिसि भन्नु हुन्छ ।

जुम्ला जिल्ला भरी सड्क बाटाे पुर्ण रुपमा एक गाउँ देखि अर्काे गाउँ सम्म जान सक्ने सड्क कालापत्रे गर्नु आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ्य निशुल्क गर्नु पर्ने र प्रर्यटक स्थानसम्म आउन र जान सड्ककाे निसित ठाउँ देखि हिडेर जाने व्यवस्था गर्नु पर्ने जिसिले सुझाव दिनु भयाे । जुम्लाको स्याउकाे उचित काेल्डरस्टाेर र बजार व्यवस्थापनका साथै जुम्लामा पाइने जडिबुटीकाे प्रत्येक जुम्ला वासिले आफ्नै खेतवारीमा उत्पादन गराउन सके मात्रै जुम्लि जनताकाे उन्नति हुने छ उहाँले सुझाव दिनु भयाे । अझ‌ पनि तत्काल जुम्लि जनताकाे सहल्ला सुझाब सङ्कलन गरेर विकासमा लाग्नु हाेला जिसिले बताए ।

साताकाे चर्चित
सम्बन्धित