स्वास्थ्य चौकी पुग्न ५ घण्टा लाग्ने , रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना
स्वास्थ्य चौकी पुग्न ५ घण्टा लाग्ने , रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना
    • उमेश बुढा

    • ९ मंसिर २०७९, शुक्रबार

जुम्ला ।

जुम्लाको हिमा गाउँ पालिका वडा नम्बर २ रिखिदेउ गाउँबाट वड्की स्वास्थ्य चौकी पुग्नलाई ५ घण्टा लाग्छ । कालिकाेटकाे पलाता गाउँ पालिकासँग सिमाना जाेडिएकाे छ । गाउँ देखि वडा कार्यलय आउन जान झन्डै ३ घण्टा स्वास्थ्य चौकी ५ घण्टा लाग्छ । यस गाउँमा ३९ घरदुरी रहेका छन । हिमा गाउँ पालिका अध्यक्ष लक्ष्मण शाही भन्नु हुन्छ ।

रिखिदेउ गाउँका जनसमुदाय लाई सामान्य विरामी हुँदा पनि स्वास्थ्य चौकी धाउनु पर्ने देखिएकाले त्याे ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेकाे हाे । स्थापना गरेकाे स्वास्थ्य इकाईमा १ जना अनमि र १ जना कार्यलय सहयाेगी राखेकाछौ अध्यक्ष शाहीले बताए । हामीलाई सानातिना विरामी हुँदा घर देखि टाढा ५/६ घण्टा हिडेर जानु पर्थ्याे अहिले गाउँमै सिटामल पाइने र उपचार घर नजिकै गराउन पाउदा धेरै खुसी लागेकाे छ , स्थानीय पदमकला राेकायाले बताइन ।

उनका अनुसार सुत्केरी हुँदा पनि स्टिचरमा बाेकेर लिनु पर्ने र रातअधरात विरामी हुँदा जङ्गलकाे बाटाेमा जानु पर्ने समस्याकाे अब समाधान हुने भयाे । काम गर्दा हातखुट्टामा सानातिना चाेटपटक लागे पनि स्वास्थ्य चौकी जानु पर्ने हुन्थ्यो हामीलाई घर नजिकै सामुदायिक स्वास्थ्य इकाईमा गएर उपचार गर्न पाइने भयाे भनेर स्थानीय वासी खुसी र हर्षित भएका छन । जुम्ला जिल्लाकाे सबै भन्दा दुर्गम विकट ठाउँमा रहेकाे वस्ति वरिपरि जङ्गलले ढाकेकाे गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ।

साताकाे चर्चित
सम्बन्धित