कांग्रेसका देवेन्द्र कँडेललाई हराउँदै नवलपरासी-२ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी
कांग्रेसका देवेन्द्र कँडेललाई हराउँदै नवलपरासी-२ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी

नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याएका छन्।

    • बेल संचार

    • ९ मंसिर २०७९, शुक्रबार

नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल पराजित भए। राप्रपाका प्रधानले ३४ हजार ९ सय ५९ मत ल्याउँदा कँडेलले जम्मा १९ हजार पाँच सय ९४ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले मतगणना सकिएको र औपचारिक घोषणा गर्न बाँकी रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित